Logo
Logo

मिर्गौला रोगबाट बच्न खानपिनमा ध्यान दिऔँ : प्रधानमन्त्री


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताएका छन् । विश्व मिर्गौला दिवसका अवसरमा बिहीबार आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सेवा स्थापना गर्न मिर्गौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा दिव्यासिंह शाहसहितका विज्ञ क्रियाशील रहेको उनले जानकारी दिए ।

file photo

दुईपटक मिर्गाैला प्रत्यारोपण गराइसेका प्रधानमन्त्री ओलीले ‘मिर्गौलालाई रोगबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले मिर्गौला रोगबाट बच्न दैनिक खानपिनलाई ध्यान दिनुपर्ने बताए । उनले भने, ‘मिर्गौलालाई असर पार्ने खानपिन वा व्यवहार के हो ? त्यसबाट कसरी जोगिनेजस्ता कुरालाई ध्यान दिन जरुरी छ ।’
प्रधानमन्त्री ओलीले पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका बताउँदै भने, ‘केही मानिसले मलाई बाहिर गएर उपचार गरायो भने तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ ।’
मिर्गौला रोगजस्तो जटिलताबाट बच्न स्वस्थ्य जीवनयापनका लागि आग्रह गर्दै प्रधानमन्त्रीले यसबारेका प्रचारलाई अझ थप व्यापक बनाउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओली सम्बोधनपछिको प्रभातफेरीमा पनि सहभागी भएका थिए । वसन्तपुरबाट सुरु भएको प्रभातफेरी रत्नपार्क, असन, इन्द्रचोक हुँदै वसन्तपुरमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्