Logo
Logo

प्रधानमन्त्री र जसपाका नेताबीच बालुवाटारमा छलफल सुरु


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरू प्रधानमन्त्री केपी ओलीसँग आफ्ना माग र सत्ता समीकरणबारे छलफलका लागि बालुवाटार पुगेका छन् ।

सचिवालय बैठक सकेपछि जसपाका नेताहरु आफ्ना मागबारे प्रधानमन्त्रीसँग छलफलका लागि प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न नेताहरू पूर्वप्रधानमन्त्री तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राई बालुवाटार पुगेका हुन् ।

जसपाको शीर्ष नेताहरूको बिहीबारको बैठकले पाँच शीर्ष नेताहरूलाई वर्तमान राजनीतिक परिस्थिति र दलले विगतदेखि उठाउँदै आएका मागबारे छलफल गर्ने जिम्मेवारी दिएको थियो ।

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना माग सम्बोधन गराउने र सत्तासमीकरणबारे छलफल गर्न पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

यता, बालुवाटार जानु अघि जसपाका अध्यक्ष महन्थ ठाकुरले नेता, कार्यकर्ताको मुद्धा फिर्ता तथा जेलमा रहेका नेताहको रिहाइ गर्ने माग पूरा भएमात्रै सत्ता समीकरणको विषयमा छलफल गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्