Logo
Logo

सत्ता साझेदारीबारे प्रधानमन्त्री र जसपाको कुरा मिलेन, भोलि पनि छलफल


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच भेटवार्ता भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता समीकरणबारे प्रधानमन्त्रीले जसपासँग छलफल गरेको हो ।

छलफल सकरात्मक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यस्तै, छलफललाई थप अघि बढाउन शुक्रबार दुई दलबीच यसअघि गठन भएको कार्यदलको अनौपचारिक बैठक बस्ने थापाले बताए ।

छलफलमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राई सहभागी थिए भने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सहभागी भएनन् ।

बालुवाटार छलफल अघि जसपाको शीर्ष नेताहरूको बैठकले पाँच शीर्ष नेताहरूलाई वर्तमान राजनीतिक परिस्थिति र दलले विगतदेखि उठाउँदै आएका मागबारे छलफल गर्ने जिम्मेवारी दिएको थियो ।

जसपाले नेता, कार्यकर्ताको मुद्धा फिर्ता तथा जेलमा रहेका नेताहको रिहाइ गर्ने माग पूरा भएमात्रै सत्ता समीकरणको विषय अघि बढ्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्