Logo
Logo

सर्वाेच्च र उच्चमा न्यायाधीश नियुक्ति, विवादास्पद पनि पुरस्कृत


दृष्टि संवाददाता


काठमाडौं, २८ फागुन ।
न्याय परिषद्को बैठकले सर्वाेच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । सर्वोच्च अदालतमा २ र उच्च अदालतमा १८ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।


उच्च अदालतका बरिष्ठ मुख्य न्यायाधीशबाट कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतमा नियुक्ति सिफारिस गरेको न्यायपरिषदले जनाएको छ।
उच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरिएका १८ मध्ये एकजना केही समयअघि सिद्धबाबालाई बलात्कार मुद्दाबाट सफाइ दिने न्यायाधीश अर्जुन कोइराला पनि छन्।
सरकारी वकिलका तर्फबाट उच्च नारायणप्रसाद पौडेल, कानुनसचिव ऋषि राजभण्डारी नियुक्त भएका छन् । जिल्ला न्यायाधीशबाट जगतनारायाण प्रधान, माधववेन्द्र रेग्मी, पुरुषोत्तमप्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत र मोदिनीप्रसाद पौडेल सिफारिसमा परेका छन्।
यस्तै न्याय सेवाको अधिकृतबाट रामेश्वर रेग्मी र ममता खनाल पनि सिफारिसमा अटाएका छन्। कानुन व्यवसायीवाट फुर्वा तामाङ, श्रीधराकुमारी पुडासैनी, जगदीश घिमिरे, पुनमसिंह चन्द, सागर विष्ट, गणेश ठाकुर र निर्मला शाक्य अटाएका छन्।
सिद्धबाबालाई सफाई दिने कोइरालाको हकमा न्यायपरिषद सदस्य रहने सर्वोच्चका बरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले ’नोट अफ डिसेन्ट’ लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्