Logo
Logo

घनश्याम भुसालको प्रतिक्रिया- ओलीको निर्णय मान्दैनौँ


दृष्टि संवाददाता


काठमाडौँ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले महाधिवेशनबाट निर्वाचित महासचिव बाहेकका पदाधिकारी हटाउने अध्यक्ष केपी शर्मा ओलीको निर्णय नमान्ने बताएका छन् । माधवकुमार नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई मुर्खतापूर्ण कदम भन्दै नेता भुसालले निर्णय नमान्ने बताएका हुन् ।

उनले भने, ‘सामान्यता ५० वर्ष अगाडि अफ्रिकी मुलुकहरुमा यस्तो हुन्थ्यो होला । हाम्रो मुलुकमा कुनै तानाशाहले पनि यो तहमा गरेको छैन ।’ एमाले स्थिर लोकतान्त्रिक विकासको कर्णाधार भएकाले ओलीले त्यसमाथि आक्रमण सुरु गरेको भुसालले बताए ।

माधव नेपाल पक्षमा रहेका उपमहासचिव भुसालले कुनै न कुनै ठाउँमा लगेर ओलीलाई सुधार्न सकिन्छ वा ओलीजीको गलत प्रवृत्तिबाट पार्टीलाई मुक्त पार्न सकिन्छ भनेर अहिलेसम्म ओलीसँग रहेका नेताहरुले पनि यसबारे सोच्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्