Logo
Logo

माधव नेपाल समूहकाे बैठक सुरू


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समूहकाे बैठक सुरु भएको छ । केही समयअघि नयाँ बानेश्वरस्थित अर्याल होटलमा नेपाल पक्षीय स्थायी कमिटी सदस्यको बैठक सुरु भएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।

माधव नेपाल र झलनाथ खनाल समूहले ओलीले एमाले फुटाएको आरोपसमेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्