Logo
Logo

माधव पक्षले बोलायो केन्द्रीय कमिटी बैठक, चैतको पहिलो साता राष्ट्रिय भेला


दृष्टि संवाददाता


काठमाडौं । सर्वोच्च अदालतले एमाले व्यूँताइदिएपछि किचलो अझै बढेको छ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी पुनर्गठन गर्दै पदाधिकारी खारेज गरेपछि माधवकुमार नेपाल समूहले आपत्ति जनाएको छ ।

ओली समूहको निर्णय आउँने वित्तिकै माधव समूहले आफू पक्षीय आकस्मिक स्थायी कमिटीको बैठक बोलाएको थियो । हिजोको त्यो बैठकले ओली निर्णयको विरोध गर्दै आज आफूपक्षीय केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

खनाल–नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी फुटाउने उद्देश्य साथ एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वानसमेत गरेको छ ।

नेता भीम रावलले पार्टीको विधान विपरीत स्वेच्छाचारी र मनपरी किसिमले भएको निर्णय कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कदम भएको भन्दै त्यसलाई कुनै हालतमा मान्न नसकिने प्रतिक्रिया दिएका थिए।

शुक्रबारकै बैठकले चैत पहिलो साता राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णयसमेत गरेको छ। भेलामा सबै जनवर्गीय संगठनहरुको सहभागीता हुने र पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्