Logo
Logo

नेपालमा पहिलोपटक युरेनियम बरामद, के हो युरेनियम ? यसको प्रयोग कहाँ-कहाँ हुन्छ ?


दृष्टि संवाददाता


कामठाडौं । काठमाडौं महानगरपालिका–६ बौद्धबाट महानगरीय प्रहरी कार्यालयको टोलीले बिहीबार साढे २ किलो युरेनियम बरामद गरेको छ । युरेनियम बरामद गरिएको नेपालमा यो पहिलो घट्ना हो ।

युरेनियम के हो ?
धर्तीभित्र एउटा यस्तो चीज पाइन्छ, जो देख्नमा अत्यन्त सुन्दर, सफा र चमकदार छ र हावाको सम्पर्कमा आउनासाथ स्वयम् जल्छ । यसको नाम हो युरेनियम ।

रासायनिक रुपमा यसलाई अंग्रेजी ‘यू’ बाट दर्शाइन्छ र यसको परमाणुक्रमांक ९२ हुन्छ । यसलाई मेटल अफ होप नामले पनि चिनिन्छ । विश्वमा यो सबैभन्दा धेरै अस्टे«लियामा पाइन्छ । पृथ्वीको माथिल्लो सतहमा युरेनियमको १०४० टन मात्रा छ, युरेनियम चमकदार सेतो रंगको धातु हो ।

यो निकै ज्यादा सक्रिय तत्व हो । जसको अर्थ, यसले कुनै पनि पदार्थसँग चाडै नै क्रिया उत्पन्न गर्छ । र, यदि हामील युरेनियमलाई खुला हावा छाड्यौं भने यो पदार्थ जल्न थाल्ने वैज्ञानिकहरुको अनुसन्धानमा उल्लेख छ ।

यसको प्रयोग कहाँ–कहाँ हुन्छ ?
वैज्ञानिकहरुका अनुसार यो अत्यन्त उपयोगी र मुल्यवान् धातु हो । परमाणु उर्जामा यसको उपयोग बिजुली उत्पादनका लागि गरिन्छ । पृथ्वीमा आजको समय युरेनियाको सबैभन्दा अधिक उपयोग परमाणु उर्जाका रुपमा गरिन्छ भन्दा सही हुन्छ । तर युरेनियमको प्रयोगले संसारमा धेरै विवाद पनि सिर्जना गरेको छ । किनकी, धेरै देशले युरेनियमलाई परमाणुशक्तिको रुपमा प्रयोग गर्छन् ।

सायद, तपाईलाई थाहा हुनुपर्छ, युरेनियमलाई परमाणुबमको निर्माणमा पनि प्रयोग गरिन्छ । विश्वका धेरै देशमा परमाणु बमको निर्माण प्रतिबन्धित छ । तर केही देशले शक्तिशाली बन्ने होडमा , त केहीले आफुलाई सुरक्षित राख्नका लागि यसको प्रयोग गर्ने गरेका छन् ।

यदि युरेनियमको उत्खनन गरेर अन्तर्राष्ट्रिय बजारमा बेच्न सकियो भने नेपालीहरूको प्रतिव्यक्ति आय संसारकै सबैभन्दा धेरै हुन सक्ने विज्ञ हरू बताउँछन् । केही अघि खानी तथा भूगर्भ विभागको अनुसन्धानका अनुसार नेपालका धेरै ठाउँहरुमा युरेनियम पाइने सम्भावना देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा १ केजी शुद्ध युरेनियमको करोडौं पर्ने बताइएको छ ।

युरेनियम बरामदको कथा २५ बर्ष पुरानो
काठमाडौं महानगरपालिका–६ बौद्धबाट महानगरीय प्रहरी कार्यालयको टोलीले बिहीबार साढे २ किलो युरेनियम बरामद गरेको हो । शुक्रवार पत्रकार सम्मेलन गरेर महानगरीय प्रहरी कार्यालयका एआईजी हरि बहादुर पालले युरेनियम कारोबार गर्ने ४ जनालाई सार्वजनिक गरेका हुन् ।

महानगरीय प्रहरी कार्यालयका डिएसपी नवराज भट्टराई नेतृत्वको टोलीले बरामद गरेको युरेनियमको कथा करिब २५ वर्ष पुरानो छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ घर भएकी जानुका तामाङ बौद्ध बस्छिन् । ४० बर्षीया जानुकाको परिवारले बौद्धमा घर बनाएका छन् । उनका ससुरा अमर लामा भारतको खानीमा काम गर्थे ।​

जानुकाले ससुराले २५ वर्षअघि भारतबाट ल्याएर सो युरेनियम बौद्धस्थित घरमा राखेको प्रहरीलाई साविती बयान दिएकी छिन् । ‘करिब २५ बर्ष पहिले आफ्नो ससुराले भारतबाट युरेनियम ल्याएर राखेको जानुकाको भनाई छ’ महानगरीय प्रहरी कार्यालयका एआईजी हरि बहादुर पालले भने, ‘हामिले जानुकालाई पक्रेका छौं, थप अनुसन्धान गर्दै छौं ।’

अमर लामा उमेरले ८० पुगे । उनी अहिले अमेरिकास्थित छोरी कहाँ छन् । प्यारालाइसिसको बिरामी भएको हुनाले उनलाई प्रहरीले सम्पर्क गर्न सकेको छैन । ६ वर्षदेखि अमेरिकामा रहेका अमरले थप कुरा नबताएसम्म युरेनियमको कथा अपुरो नै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्