Logo
Logo

उदार आर्थिक नीतिले मुलुक समृद्ध बन्छ : पूर्वमन्त्री डा महत


दृष्टि संवाददाता


तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले उदार आर्थिक नीतिले मात्रै मुलुक समृद्ध बन्न सक्ने बताएका छन् । नेपाल वितरक महासङ्घ केन्द्रीय समितिको आज तनहुँको दमौलीमा आयोजित नवौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै डा महतले उक्त कुरा बताएका हुन् ।

उदार अर्थ नीतिले केबल देश विकास मात्र नभई आर्थिक गतिविधि बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने, आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पु¥याउने डा महतले बताए । ‘देशको राजश्व बढाउनका लागि उदार अर्थ नीतिको आवश्यक छ, किनभने आर्थिक गतिविधि बढाउने सरकारको मात्रै जिम्मेवारी होइन’, उनले भने, ‘सरकारले गर्नुपर्ने उपयुक्त काम सरकारले नै गर्नुपर्छ । बाँकी काम निजी क्षेत्रको पनि हो ।’

पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, गरीबी निवारण, सामाजिक सुरक्षाका काम सरकारले गर्नुपर्ने र उद्योगधन्दा बढाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो । ‘सरकारले गैरसरकारी र सहकारी क्षेत्रलाई प्रोत्साहन गरेर मुलुक समृद्ध बनाउने वातावरण सिर्जना गर्नुपर्छ, स्वदेशी र विदेशी पूँजीको लगानी वृद्धि गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्