Logo
Logo

ओलीलाई माधव समूहको काउन्टर, समानन्तर कमिटीको अभ्यास


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले पार्टीको समानान्तर गतिविधि थालेको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन घोषणा गर्दै समहासचिव बाहेक सबै पद खारेज गरेपछि नेपाल समूहले समानन्तर कमिटी बनाएको छ ।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकले सात प्रदेशका इन्चार्ज तथा अन्य मोर्चाको इञ्चार्ज तोकेको छ ।

 

जिम्मेवारी पाएका प्रदेश इञ्चार्जहरु

प्रदेश १ – भीम आचार्य

प्रदेश २ – घनश्याम भुसाल

वागमती प्रदेश –अष्टलक्ष्मी शाक्य

गण्डकी प्रदेश – सुरेन्द्र पाण्डे

लुम्बिनी र कर्णाली प्रदेश – युवराज ज्ञवाली

सुदूरपश्चिम प्रदेश – भीम रावल

युवा इन्चार्ज – रघुजी पन्त

विद्यार्थी – गोकर्ण विष्ट

बुद्धिजीवी – प्रमेश हमाल

प्रचार विभाग प्रमुख – योगेश भट्टराई

प्रतिक्रिया दिनुहोस्