Logo
Logo

‘प्रचण्ड–माधव चुनावमा गए धुलो चाट्छन्’


दृष्टि संवाददाता


 

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जनतामा जाने निर्णय गर्दा विरोध गर्नेहरु चुनावमा गए धुलो चाट्ने टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित एमाले निकट महिला कार्यकर्ताको सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले चुनावमा जान नचाहने प्रचण्ड, माधवहरु चुनावमा गए धुलो चाट्ने टिप्प्णी गरेका हुन् ।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली भने– ‘लोकतन्त्रमा नयाँ जनमतका लागि चुनावमा जाने निर्णय गलत होइन । तर, कसैकसैले चिच्याइ चिच्याइ बिरोध गरे । उनीहरु चुनावमा गए धुलो चाट्छन् ।’ सरकारले गरेको कामबाट अतालिएर प्रचण्ड, माधव बारम्बार बिरोधमा उत्रेको समेत प्रधानन्त्री ओलीले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्