Logo
Logo

प्रजातन्त्र जोगाउन कम्युनिष्ट सर्वसत्तावादविरूद्ध लडौं : देउवा


दृष्टि संवाददाता

882
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सर्वसत्तावादविरूद्ध लड्नुपर्ने बेला भएको बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना शनिबार गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्र संकटमा परेको भन्दै त्यसकाविरूद्ध लड्नुपर्ने बेला आएको बताए ।

भेलालाई सम्बोधन गर्दै सभापति देउवाले भने ‘कम्युनिष्ट पार्टीहरु एकदलीय सर्वसत्तावाद लागू गर्न चाहन्छन् । झूठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर आफू सत्तामा बसिरहने कुरा हो ओली सरकारको चाहना हो । हाम्रो पार्टीले प्रजातन्त्रलाई स्थायी गराउन आवश्यक छ । त्यसका लागि सर्वसत्तावादविरूद्ध लड्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्