Logo
Logo

प्रधानमन्त्री ओलीले भने- ‘बोक्सी छ भने मेराविरुद्ध लगाइदिनुहोस्’


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बोक्सी’ भनेर महिलाको अपमान गर्न नहुने बताएका छन् । एमाले निटक महिला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संसारमा ‘बोक्सी’ कही पनि नहुने बताए ।

‘बोक्सी’ महिलालाई अपमान गर्ने शब्द भएको भन्दै उनले भने, ‘संसारमा कही बोक्सी छ भने मेराविरुद्ध लगाइदिनुहोस्, बोक्सी हुँदै हुँदैन, बोक्सी भनेको महिलालाई अपनमान गर्ने कुरा हो, हेप्ने कुरा हो ।’

यदी ‘बोक्सी’ हुने भए आफ्ना विराेधिहरूले आफूविरुद्ध लागइदिने उनले बताए । ‘संसारमा बोक्सी हुथ्यो भने यत्रो विरोधि किन कराउथे मेराविरुद्ध ? बोक्सी लगाइदिन्थे, एउटा बोक्सी लगाइदिँदा सकिने ठाँउमा यत्रो विरोधिहरू किन कराउथे ?’ उनले भने ।

एउटा महिलालाई ‘बोक्सी’ भनेर अपमान गर्दा महिलाहरु नै चुप लागेको प्रधानमन्त्री ओलीकाे भनाइ छ । ‘एउटा महिलालाई कसैले बोक्सी भनेर मनपरि भनिरहेका हुन्छ, अपमान र दुर्व्यवहार गरिरहेका हुन्छन्, हिंसा गरिरहेका हुन्छन्, यतान दिइरहेका हुन्छन्’, उनले भने, ‘त्यहाँ महिला त होला नि ? त्यस्ता क्रियाकलापको लागि महिला दिदीबहिनीहरु आइलाग्नु पर्ने हाे, तर चुप लागेर बसिरहेका हुन्छन् बोक्सी रहेछ ठिक्क पर्याे भनेर ।’

बोक्सी हुन्छ भन्ने अन्धविश्वास चिर्न सबैभन्दा बढी महिला नै सक्रिया हुनुपर्ने उनले बताए । ओलीले भने, ‘अरु केही होइन, यस्ता कुराहरु कसले चिर्ने ? सबैभन्दा बढी हाम्रा दिदीबहिनीहरूले चिर्न पर्दछ ।’ महिलालाई अपमान गर्नु भनको आमा विर्सनु भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्