Logo
Logo

नेपालमा पुनः बन्दुक उठ्ने वैद्यको चेतावनी


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको बताएका छन् ।

आइतबार नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जवस तथा मोर्चाहले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा महासचिव वैद्यले नेपालमा क्रान्ति पुरा नभएकाले शान्तिको सम्भावना नरहेको बताए ।

क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उनले नेपालमा बन्दुक उठ्ने दाबी समेत गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि सबै पार्टीहरु संसदवादी मूलधारमा आएको अभिव्यक्ति दिएको प्रति टिप्पणी गर्दै महासचिव वैद्यले क्रान्तिकारीहरु संसदवादी मूलधारमा नभएको र आफूहरुले वर्तमान व्यवस्था नमान्ने पनि बताए ।

महासचिव वैद्यले मजदुर, किसान, महिला, दलित, आदिबासी जनजाति, मधेसी, लगायतको समस्या समाधान नभएको भन्दै समस्या समाधानको निम्ति क्रान्तिको तयारी गर्नुुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्