Logo
Logo

सर्वोच्चको निर्णयपछि गरिएका सबै निर्णयलाई शून्यमा पुर्‍याउँ : भीम रावल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको उपाअध्यक्ष भीम रावलले अध्यक्ष ओली र वरिष्ठ नेता माधव पक्ष दुवैले आआफ्नै अडान नछोड्दा कुरा नमिलेको बताएका छन् ।

छलफलपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘आज कुरा मिलेन । फेरि छलफल गर्ने कुरा भएको छ । तर कहिले कसरी भन्ने निश्चित भएको छैन, उहाँहरुले २८ गतेको निर्णय खारेज गर्नुभयो भने, हामीले हाम्रा तर्फबाट घोषणा गरेका कार्यक्रम स्थगित गर्छौँ, नत्र जारी राख्छौँ ।’

ओली पक्षलाई २८ गते गरेको निर्णय पार्टीको विधि, विधान र प्रणाली विपरित रहेकाले त्यो निर्णय फिर्ता लिन माधव पक्षले आग्रह गरेपनि उक्त निर्णय फिर्ता गर्न तयार नभएपछि फेरि वार्ता गर्दै जाने सहमति भएको रावलले जानकारी दिए ।

उनले पार्टी तीन वर्ष अगाडि जुन स्थितिमा थियो, त्यही स्थितीमा चल्नुपर्ने पनि बताए । ‘हामी ३ वर्ष अगाडि जुन स्थितिमा थियौँ, त्यही स्थितिमा चल्नुपर्छ । सर्वोच्च अदालतको निर्णयपछि गरिएका विभिन्न केन्द्रीय समितिका निर्णयहरु शून्यमा पुग्नुपर्ने छ’, रावलले भने ।

छलफलमा ओली पक्षबाट अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता तथा मन्त्रीहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली लगायत सहभागी थिए भने नेपालका तर्फबाट भीम रावल, घनश्याम भुषाल, रघुजी पन्त, गोकर्ण विष्ट लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्