Logo
Logo

कांग्रेसले जसपा र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउनुपर्छ : रामचन्द्र


दृष्टि संवाददाता


पर्वत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले जसपा र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउनुपर्ने बताएका छन् ।

सदरमुकाम कुश्माबजारमा सोमबार प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने बताएका हुन् ।

पौडेलले संविधान र संसद्‌माथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व भएको उल्लेख गरे। वरिष्ठ नेता पौडेलले कांग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्ध आफूले अविश्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने स्पष्ट गरे ।

अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्