Logo
Logo

जसपाको पदाधिकारी बैठक जारी, त्यसपछि कांग्रेस र माओवादीसँग संयुक्त बैठक


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय कुमारीपाटीमा जारी छ । नेपाली कांग्रेस र माओवादी केन्द्रसहित तीन दलको बैठकअघि जसपाको पदाधिकारी बैठक बसिरेको हो ।

तीन दलबीच सरकार बनाउने विषयमा नेताहरु सहमतिनजिक पुगेकाले पार्टीमा सर्वसम्वत निर्णय गर्न पदाधिकारी बैठक बसेको एक नेताले बताए । जसपा पदाधिकारी बैठक सकिएलगतै तीन दलको बैठक बस्‍ने बताइएको छ ।

पदाधिकारी बैठकमा अध्यक्ष महन्थ ठाकुर,उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, संघीय अध्यक्ष डा. बाबुराम भट्टराई र अशोक राई छन् । तीन दल मिलेर सत्ता समीकरण बनाउने तयारी भइरहँदा जसपाको बैठक बसेको हो ।

समीकरणमा यसपटक प्रधानमन्त्रीको दावी गर्ने समेत तयारी जसपाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्