Logo
Logo

माधव पक्षको भेलामा २ हजार बढी नेता-कार्यकर्ता सहभागी हुने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने भएका छन् ।

भेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सम्पूर्ण तयारी पुरा भएको भन्दै भेलामा पार्टी केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र पेश गर्दै पारित गरिने जानकारी दिए ।

भट्टराईले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथि भएर भोलिको कार्यक्रमको उद्घटन गर्न आग्रह गरेका छन् । उनले भने, ‘ओलीजीले आफ्ना अनुयायीलाई भन्नुभएको रहेछ। हाम्रो कार्यक्रमको नजर लगाउनू भनेर, परिचयसहित आए हुन्छ स्वागत छ। यो भेला पनि तपाईंकै हो । बरू तपाईं नै प्रमुख अतिथि भएर भेलाको उद्घाटन गर्नुहोस् कसैलाई खटाउनुनै पर्दैन। आफैं आउनुहोस् ।’

पत्रकार सम्मेलनमा एमाले स्थायी समिति सदस्य तथा नेता सुरेन्द्र पाण्डेले एमाले एकतावद्ध बनाउनुको साटो पार्टी एकताको महत्व घटाउन खोजेको आरोप लगाए ।

उनले आफ्नो पक्ष एमाले एकताकै पक्षमा रहेको र त्यसको पुष्टि गर्न भेला बोलाइएको बताए । ‘पार्टीको विधानमा यस्ता भेला गर्ने, नेता कार्यकर्ताको भावना बुझ्ने र त्यसअनुसार विचारलाई एकरुपता दिने व्यवस्था गरिको छ’, पाण्डेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्