Logo
Logo

प्रतिगमनकारीसँग लेनदेन होइन, बिदा गर्नुपर्छ : बाबुराम भट्टराई


दृष्टि संवाददाता

630
Shares

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको संघीय परिषद्को अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनको खतरा अझै नटरेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत  उनले प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिनेभन्दा पनि बिदा गरेर संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बेला आएको बताएका छन्।

डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘प्रतिगमनको खतरा टरेको छैन! प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान÷लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प अगाडि छन्। पहिलो बाटो तुलसी गिरी÷केशरजंग रायमाझीको र दोस्रो बाटो बिपी-पुष्पलालको हो! वुद्धि-विवेकको प्रयोग गरेर आफै रोजौँ!’

उनले दुई विकल्प देखाउँदै सबैलाई आफ्नो विवेकको प्रयोग गर्न सुझाएका छन्।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000