काठमाडौं । जनता समाजवादी पार्टी जसपाको संघीय परिषद्को अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनको खतरा अझै नटरेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत उनले प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिनेभन्दा पनि बिदा गरेर संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बेला आएको बताएका छन्।
डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘प्रतिगमनको खतरा टरेको छैन! प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान÷लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प अगाडि छन्। पहिलो बाटो तुलसी गिरी÷केशरजंग रायमाझीको र दोस्रो बाटो बिपी-पुष्पलालको हो! वुद्धि-विवेकको प्रयोग गरेर आफै रोजौँ!’
उनले दुई विकल्प देखाउँदै सबैलाई आफ्नो विवेकको प्रयोग गर्न सुझाएका छन्।
प्रतिगमनको खतरा टरेको छैन!प्रतिगमनकारीसंग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान/लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प अगाडि छन्!पहिलो बाटो तुलसी गिरी/केशरजंग रायमाझीको र दोश्रो बाटो बिपी/पुष्पलालको हो!वुद्धि/विवेकको प्रयोग गरेर आफै रोजौं!
— Baburam Bhattarai (@brb1954) March 27, 2021