Logo
Logo

बहुमतको सरकारसँग निहुँ खोजेर केही लाग्दैन : देउवा


दृष्टि संवाददाता


काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकारमा निहुँ खोजेर केही नलाग्ने बताएका छन् । नेकपा माओवादीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नगरेसम्म यो सरकार बहुमतकै भएको उनको भनाइ छ ।

आइतबार आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति ‘नेपाली जन जातीय संस्कार र संस्कृति’को लाकोर्पण गदैैै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको समेत बताए । उनले भने, ‘मलाई प्रधानमन्त्री पदमा लालायित छैन । तर, नेपाली काँग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्दैन ।’

उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेसम्म यो सरकार बहुमतकै अवस्थामा रहेको बताउँदै भने, ‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिएको छैन । त्यस मानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन ।’
सभापति देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेको भन्दै स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताउँदै सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने विश्वास बढेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्