Logo
Logo

प्रदेश १ : चालू हिउँदे अधिवेशन अन्त्य


दृष्टि संवाददाता


विराटनगर । प्रदेश १ प्रदेशसभाको सातौँ तथा चालु हिउँदे अधिवेशन अन्त्य गरिएको छ । आज आइतबार बसेको अन्तिम बैठकले आजै मध्यरातबाट हिउँदे अधिवेशनको अन्त्य हुन लागेको हो ।

प्रदेश १ मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार मध्यरात १२ बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको जानकारी प्रदेश प्रमुखको कार्यालयले दिएको छ ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले बैठक बस्दै आजै मध्यरातबाट चालु अधिवेशनको अन्त्य हुने जानकारी दिए । आइतबारको संसद बैठकमा विषेश समय लिएर मुख्यमन्त्री शेरधन राईले प्रदेशसभालाई सम्बोधन गर्दैछन् ।

मुख्यमन्त्री राईले सभालाई सम्बोधन गर्ने र आजै मध्यरातबाट चालु अधिवेशनको अन्त्य गर्ने भएकाले सत्ता पक्षले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुनसमेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्