Logo
Logo

‘सरकारले संसद अधिवेशन स्थगित गरेर कायरता देखायो’


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदको सामना गर्न नसकेर संसद अधिवेशन स्थगित गरेको बताएका छन् । उनले संसद अधिवेशन अन्त्यलाई संसदीय ब्यवस्थामाथिको अर्को प्रहार भएको बताए ।

 

सोमबार नेपाल प्रेस युनियन काठमाडौं शाखाले गरेको कार्यक्रममा बोल्दै नेता सिंहले अधिवेशन स्थगित गरेर सरकारले आफ्नो कायरता प्रदर्शन र संसदको मानमर्दन गरेको टिप्पणी गरे ।

सोमबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन स्थगित गरेकी छन् । नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयाससमेत जारी राखेको पनि बताए ।

उनले भने, ‘ओली सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरिरहेको छ । सबै मिलेर प्रतिवाद गर्नुपर्छ ।’ उनले कोरोना नियन्त्रणमा सरकार उदसीन भएको बताउँदै भने, ‘सरकारले राजनैतिक, र नैतिक दृष्टिकोणबाट सरकारमा रहिरहने वैधानिकता गुमाइसकेको छ । यो सरकारले देश र जनताको पक्षमा काम गर्न सकेन । जनतामा विकास भएको भ्रम सिर्जना गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्