Logo
Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


दृष्टि संवाददाता


काठमाडौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार दिउँसो बोलाएको बैठक पछिल्लो राजनीति परिस्थितिका कारण स्थगित गरिएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रले सोमबार दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको थियो । तर, सोमबार सरकारले हठात् तरिकाले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले बैठक रोकेर संसदमा प्रतिनिधित्व गर्ने अरु दलहरुसँग छलफल गर्न लागेको हो । आज बस्ने बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे छलफल हुने कार्यक्रम थियो ।

प्रतिक्रिया दिनुहोस्