Logo
Logo

प्रधानसम्पादक श्रेष्ठको स्वास्थ्यमा फेरि समस्या, मेडसिटी भर्ना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कामना न्युज पब्लिकेसनका प्रधान सम्पादक पुष्कारलाल श्रेष्ठको ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा भर्ना हुनुभएको छ ।

करिब चार महिनाअघि नाकमा समस्या भएका कारण राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उहाँको स्वास्थ्य स्थिति सामान्य रहे पनि मृगौलाको पत्थरीको शल्यक्रिया पश्चात उहाँमा विभिन्न स्वास्थ्य समस्या देखा पर्दै आएको र फेरि अस्पताल भर्ना गरिएको कामना न्यूज पब्लिकेशनका प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठले बताउनुभएको छ ।
स्वास्थ स्थितिमा समस्या बढ्दै गएका कारण उहाँलाई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिएकोमा नर्भिक अस्पतालमा केही दिनको उपचारका क्रममा चिकित्सकहरुले उहाँलाई ग्युलियन बररे सिन्ड्रोम (जीबीएस) भाइरसको संक्रमण भएको आशंका गरेका कारण थप उपचारका निम्ति नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर गरेको थियो ।
श्रेष्ठको मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेपछि उहाँलाई उक्त भाइरसको संक्रमणबाट मुक्त गराई काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेपारीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेपारीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो प्रबन्ध निर्देशक श्रेष्ठले बताउनुभयो ।
यसरी उहाँको नियमित उपचार प्रक्रिया चल्दै गर्दा फेरि उहाँमा गम्भीर स्वास्थ्य समस्या देखा परेपछि आइतबारदेखि नेपाल मेडिसिटी अस्पताल पु¥याएर सघन उपचार कक्षमा उपचार भइरहेको छ । उहाँको नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार हुँदै आए पनि उहाँको स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा नै रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्