Logo
Logo

‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’ उद्घाटन



काठमाडौँ । ललितपुरको बागडोलस्थित नवनिर्मित ‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’ को उद्घाटन भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितमा प्रधानमन्त्री शेरबहादुर देउवाले भवनको उद्घाटन गरेका हुन् ।

जेष्ठ नागरिकका लागि यो भवन एक नमुना वृद्घाश्रमको रुपमा रहेको र उनीहरुको उचित हेरचाहका लागि आधुनिक, अपाङ्गमैत्री संरचनाहरुको सुविधा ज्यापु समाजले जनाएको छ । यो भवनमा ११० वटा बेडका साथै स्वास्थ्य परीक्षण कक्ष, भान्छा कोठा, अत्यावश्यक फर्निचर र अन्य उपकरण छन् ।

भारत सरकार र नेपाल सरकारबीचको सम्झौता अनुसार निर्मित भवनका लागि भारत सरकारले ५ करोड आर्थिक सहयोग गरेको थियो ।

यस अवसरमा राजदूत विनयमोहन ज्यापु समाजलाई धन्यवाद दिुनुका साथै नेपाली समाजमा ज्यापु समाजले पु¥याएको योगदानबारे चर्चा गरेका थिए ।

दुई देशबीचको विकास सहकार्यको हिस्साको रुपमा भारतले नेपालभर हालसम्म ४५० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्