Logo
Logo

कोजीद्वारा ब्युटिसियनलाई प्रशिक्षण



काठमाडौं । कोजी इन्टरप्राइजेजले ब्यूटीसिएनहरूलाई प्रशिक्षण दिएको छ । गरीमा विजिनेसको सहयोगमा कोजीले शुक्रबार एकदिने ब्यूटीसिएन प्रशिक्षण कार्यक्रम गरेको हो ।

प्रशिक्षण कार्यक्रममा ‘एन प्लस’द्वारा उत्पादित् सामग्री र त्यसको प्रयोगको फाइदाबारे पनि जानकारी गराइएकाे थियाे । गरीमाले पहिलोपटक नेपाल भित्र्याएको उक्त कम्पनीको कस्मेटिक सामग्री कोजीले पनि बिक्री वितरण गर्दै आएको छ ।

कार्यक्रममा भारतबाट आएका ‘एन प्लस’का अन्तर्राष्ट्रिय व्यापार प्रबन्धक हितेश लिम्बानीले ब्यूर्टी पार्लरको भविष्य र यसलाई कसरी व्यावसायिक बनाउने भन्नेबारे प्रशिक्षित गरेका थिए ।

‘एन प्लस’का देश प्रबन्धक पदम शर्माले उक्त कम्पनीको कस्मेटिक सामग्री सम्बन्धी र उक्त सामग्री प्रयोग गर्दा हुने फाइदाबारे विस्तृत रुपमा जानकारी गराएका थिए ।

कोजीका प्रबन्ध निर्देशक जीवन थापाले अहिले धेरैको छाला र कपालमा समस्य आउने र त्यसको समाधनबारे प्रशिक्षित गरेका थिए । उनले कस्मेटिक सामग्रीको प्रयोग र व्यावस्थापनबारे पनि जानकारी गराएका थिए ।

त्यस्तै गरीमाका प्रबन्ध निर्देशक टीका गौतमले अन्य कम्पनीको भन्दा ‘एन प्लस’का कस्मेटिक सामग्री गुणस्तरीय भएको र अब आउने दिनहरूमा नयाँ-नयाँ कम्पनीका सामग्री भित्र्याउने प्रतिबद्धता गरे । अहिले ‘एन प्लस’का केही सामग्री मात्रै नेपाल पाइने र अन्य सामग्री चाडैं आउने गौतमले बताए ।

सो कार्यक्रममा कस्मेटोलोजिष्ट डा. रेखा थापाले डिटेन फेशियलको ‘डेमो’ देखाएकी थिइन् । प्रशिक्षणमा ३५ जना बढी ब्युटिसियनको सहभागी रहेको थियो ।

कार्यक्रममा सहभागी सबैलाई गरीमाले फेशियल किट प्रदान गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्