Logo
Logo

तेस्रो धारको गतिविधि पार्टीको हितमा छैन : शेरधन राई



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शेरधन राईले तेस्रो धारको नाममा हुँदै आएको गतिविधि पार्टीको हितमा नरहेको बताएका छन् ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेपछि माधव समूहमै रहँदै आएका नेताहरुले पार्टी एकताको लागि भन्दै तेस्रो धारबाट प्रयत्न थालेपछि मुख्यमन्त्री राईले तेस्रो धारको नाममा हुँदै आएको गतिविधि पार्टीको हितमा नरहेको बताएका हुन् ।

दृष्टिन्यूजसँग कुरा गर्दै नेता राईले भने– ‘आज आएर उहाँहरुले वक्तव्यबाजी गर्नुको अर्थ छैन । १० बुँदे कार्यान्वयन नगर्ने कसैले भनेको छैन् । हामीले १० बुँदेलाई अनुमोदन गरेका छौं । १० बुँदे कार्यान्वयन गर्ने बेलामा माधव कमरेडहरुले अर्को बार्गेनिङ गर्दै आउनु भयो । अहिले तेस्रो धार भन्दै बैठक, भेला गर्नुको अर्थ छैन । तुरुन्तै रोक्नुपर्छ । यो पार्टीको हितमा छैन् ।’

उनले पार्टी विभाजन नै नभएको समेत दावी गरेका छन् । उनले भने– ‘अहिले पार्टी विभाजन हुनुपर्ने कुनै सैद्धान्तिक वैचारिक आधार छैन । माधव कमरेड लगायत केही नेताले पार्टी छोडेको मात्र हो । यसलाई विभाजन भन्न मिल्दैन ।’ मुख्यमन्त्री राईले पार्टी विभाजन नभएकाले आफ्नो सरकार संकटमा नरहेको समेत दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्