Logo
Logo

लाप्चाबाटै मानसरोवर कैलाश दर्शन, भारतीय तीर्थारु हुम्लामा



हुम्ला । झण्डै एक वर्षसम्म विदेशी पर्यटक आगमन नभएको हुम्लामा केही दिनदेखि पर्यटक पुग्न थालेका छन् । मानसरोवर कैलाश दर्शनका लागि भारतीय तीर्थारु हुम्ला पुग्न थालेका हुन् ।

कोरोना सङ्क्रमणले चीनसँगको हिल्सा नाकाको रुट खुल्ला नभए पनि जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न मिल्ने भएकाले भारतीय तीर्थारु आउन थालेका हुन् ।

भारतीय तीर्थयात्री हुम्लाबाटै मानसरोवर दर्शनका लागि काठमाडाँैबाट हवाईजहाजमार्फत जिल्ला पुग्न थालेपछि पर्यटन व्यवसायीले कोरोना सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर तयारी थालेका छन् ।

नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन र पूजापाठ गर्न सकिने भएपछि भारतीय तीर्थयात्रीका लागि नेपाली खाना पकाउने र पथप्रदर्शकको टोली जिल्लामा पुगेका छन् ।

भारतीय पर्यटक नेपालगञ्ज हुँदै हुम्ला आउन सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक जिल्लामा आउन थालेपछि हुम्लाका होटेल व्यवसायीमा खुसीयाली छाएको छ । हालसम्म ४३ जना व्यवसायी सिमकोट पुगिसकेको र अझै १२ जना आउने तयारीमा रहेका छन् ।

पहिलो चरणमा कुक (खाना पकाउने), पथप्रदर्शक र सामग्री सिमकोट आइपुगेका छन् । आइतबारदेखि भारतीय सद्गुरु जग्गी वासुदेवसहित ५० जनाको भारतीय टोली हुम्ला आउने भएको छ ।

केही दिनमा जिल्ला पुग्ने भारतीय सद्गुरुको टोली नेपालगञ्जबाट सिमकोट पुगेपछि पैदल मार्ग हुँदै लाप्चा पुगेर मानसरोवरको दर्शन गर्नुका साथै लिमी लाप्चाबाट पूजापाठ गर्ने योजना रहेको सोही टोलीका र्दोर्ज शेर्पाले बताए ।

सद्गुरुको टोलीमा ५० भारतीय तीर्थारु र अन्य नेपाली गरी करिब १५० जना रहेको शेर्पाले बताए । सामान लिमी लाप्चा पु¥याउनका लागि १२ वटा बोलेरो बुकिङ गरेको उनले बताए ।

अन्य तीर्थारु सबै पैदल हिँडेर लाप्चा जाने भएको शेर्पाले जानकारी दिए । अहिले सद्गुरु बस्नका लागि सदरमुकामको खेलमैदानमा ५०÷६० वटा पालको व्यवस्था गरिएको गरिएको छ । यसअघि भारतीय तीर्थयात्रीको एक टोली हुम्ला पुगेर नोपाली भूमि लिमी लाप्चाबाट मानसरोवर दर्शन गरेर फिर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्