Logo
Logo

नेकपा एमाले मोहन्याल-१ को वडा कमिटी गठन


हिक्मत बम


धनगढी । नेकपा एमाले मोहन्याल गाउँपालिका वडा नम्बर १ को वडा कमिटी गठन गरिएको छ ।

‘टुटफुट होइन, एकता आजको आवश्यकता’ भन्ने मूल सन्देशसहित नेकपा एमाले मोहन्याल गाउँपालिका वडा नम्बर १ को वडा कमिटी गठन गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा प्रमुख अतिथि वीरेन्द्रबहादुर रावलले बताए ।
उनले भने,‘अस्थिर राजनीति र पार्टी भित्रको गुट, उपगुटले देश अस्थिरतामा गएको छ । जसको फाइदा अरुले उठाउँदै छन् ।’

उनले सरकार परिवर्तन भएसंगै एमाले सरकारले भूमिहीनलाई भूमि दिलाउने बनाइएको आयोग सरकारले खारेज गरेर उनीहरुका सपना आझेलमा पारेको बताए ।

नेकपा एमाले मोहन्याल वडा १ को भेलाले कमल बुढाको अध्यक्षतामा ११ सदस्य पछि थप्नेगरी २९ सदस्यीय कमिटी गठन गरेको छ । त्यस्तै उपाध्यक्षमा मानबहादुर नेपाली, सचिवमा भरत रोक्का मगर, उप—सचिवमा कमल मिजारलाई चयन गरेको छ ।

यस्तै, सदस्यहरुमा सीमा नेपाली, दानबहादुर बिक, अम्मर रोकामगर, कृष्णबहादुर घर्ती मगर, अर्जुन ओली, रनबहादुर धर्ती, देविसर देवी रोक्कामगर, छविलाल घर्तीमगर, दुर्गा बुढामगर, चित्रबहादुर साउँद, दिपेन्द्र बुढामगर, लक्ष्मण बुढा (बिजुली), करण बिक र देवु देवी बुढामगर चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्