Logo
Logo

नेपालमा अवसरबारे भारतीय पुर्वाधार कम्पनीसँग अन्तरक्रिया



काठमाडौं । नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसर सम्बन्धमा भारतीय दुतावासले प्रमुख भारतीय कम्पनीहरुसँग भर्चुअल अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

दुतावासले भारतीय उद्योग परिसंघ (सीआईआई) र नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको उपस्थितिमा पुर्वाधार क्षेत्रसँग सम्बन्धित कम्पनीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा भारतीय राजदुतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले कार्यक्रममा उपस्थित सबै सहभागीहरुलाई सम्बोधन गरेकी थिइन् । त्यस लगत्तै उपस्थित सहभागीहरुलाई भारतीय दूतावासले पूर्वाधार क्षेत्रबारे जानकारी गराएकोे थियो ।

सो कार्यक्रममा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्माले सहभागीहरुसँग अन्तरक्रिया गरेका थिए । कार्यक्रमको सञ्चालन जीएमआर इनर्जीका प्रमुख कार्यकारी अधिकृत एस एन बर्देले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नियोग उप–प्रमुख खम्पाले भारतको एकीकृत दक्षिण एसियाली क्षेत्रको लक्ष्यलाई अघि बढाउन नेपाल प्रमुख सहयोगीको रुपमा रहेकोे बताइन् । उनले आर्थिक विकासका लागि नेपालले गरेको प्रयासमा पूर्वाधार क्षेत्रको ठूलो भुमिका रहेको चर्चा पनि गरिन् । खम्पाले नेपाललाई प्राथमिकताको सूचीमा राखी यहाँका अवसरबाट लाभ लिन भारतीय कम्पनीहरुलाई सुझाव दिए ।

नेपालमा व्यवसाय क्षेत्रबाट सहभागी भएका सहसचिव केशव कुमार शर्माले पूर्वाधार क्षेत्रमा बोलपत्रको मात्रा, दायरा र प्रकृतिबारे जानकारी दिएका थिए । उनले फन्डिङ्ग मोडालिटी, जोइन्ट भेन्चर र अन्य विषयहरुमा सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।

गएका केही वर्षहरुमा भारतीय पूर्वाधार कम्पनीहरुले भारतभित्र तथा भारत बाहिर प्रमुख परियोजनाहरुको विकास गर्दै गुणस्तरीय निर्माण, समयावाधिभित्रै निर्माण सम्पन्न तथा मूल्य प्रतिस्पर्धाका लागि छुट्टै पहिचान बनाउन सफल भएको छ ।

भारतीय पूर्वाधार कम्पनीहरुलाई नेपालमा वृद्धि भइरहेका पूर्वाधार क्षेत्रप्रति आकर्षित गरी नेपालका साझेदारहरुसँग हातेमालो गर्दै प्रविधि, सीप र ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ सो अन्तक्रियाको आयोजना गरिएको हो

प्रतिक्रिया दिनुहोस्