Logo
Logo

गाँजा बोकेर कतार हिँडेका युवा एयरपोर्टबाट पक्राउ



काठमाडौं । गाँजासहित कतार उड्न लागेका एकजना युवालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । कतार एयरवेजबाट उडानबाट कतारको दोहा उड्न लागेका चितवन खैरेनीका २७ वर्षीय राज पाडकलाई ८ सय ग्राम गाँजासहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरोका एसपी जीवन श्रेष्ठका उनले ग्याष्ट्रिक हरण चुर्णको बट्टामा गाँजा लुकाई कतार उड्न लागेका थिए । एसपी श्रेष्ठका अनुसार पाडक वैदेशिक रोजगारी लागि कतार जान लागेका थिए ।

विमानस्थलको प्रस्थान कक्षस्थित एक्सरेमा जाँच गर्ने क्रममा उक्त परिमाणका बट्टामा गाँजा लुकाइएकाे अवस्थामा भेटिएको एसपी श्रेष्ठले जनकारी दिए

उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थल प्रहरीलाई बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्