Logo
Logo

एमालेमा ७० वर्षे उमेर हदम्याद कायम रहने, ओलीसहित धेरै नेता बाहिरिदै



काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव बिष्णु पौडेलले एमालेको विधानमा ‘७० वर्षे उमेर हद’ कायमै राखिने बताएका छन् ।

ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा विधान संशोधन प्रस्ताव पेस गरेका पौडेलले बैठकमा उठेको प्रश्नहरुको जवाफ दिँदै आज यस्तो बताएका छन् ।

विधान संशोधन प्रस्तावमा छलफल गर्दै नेताहरुले ७० बर्षे उमेद हदम्याद राख्नुपर्ने सुझाव दिएका थिए । विभिन्न १० समूहमा छलफल पश्चात समूहगत निष्कर्ष सुनाउँदै नेताहरुले ७० वर्षे उमेर हदम्यादका साथै पार्टीमा उपाध्यक्षको संख्या बढाउन सुझाव दिएका थिए ।

पौडेलले विधान संशोधन प्रस्तावमा तीन उपाध्यक्षको प्रस्ताव गरेका छन् । उपाध्यक्षको बारेमा अध्यक्ष केपी शर्मा ओलीले प्रष्ट पार्ने उपमहासचिव पौडेलले बताए । बैठकमा विभिन्न दस्तावेज पेस गरेका नेताहरुले जवाफ दिने क्रम जारी छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन, उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेपछि १० वटा समूह गठन गरी छलफल भएको थियो ।

एमालेमा ७० वर्षे उमेर हदम्याद कायम रहे धेरै नेता १०औं महाधिवेशनबाटै कार्यकारी पदमा नरहने गरी एमालेबाट बाहिरिने छन् । ७० वर्षे उमेर हदम्याद कायम रहे को–को बाहिरिन्छन् ? यो सामग्री पढौं–

प्रतिक्रिया दिनुहोस्