Logo
Logo

भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुख काठमाडौंमा



काठमाडौं । भारतीय विदेश मन्त्रालयमा नेपाल र भुटान मामिला हेर्ने (नर्थ डिभिजन प्रमुख) अनुराग श्रीवास्तव काठमाडौं आएका छन् ।

नेपाल–भारत संयुक्त परियोजना व्यवस्थापन समितिको बैठकमा सहभागी हुन तथा उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ताका लागि विदेश मन्त्रालयको विकास साझेदारी डिभिजनका अधिकारीसहित श्रीवास्तज काठमाडौं आएका हुन् ।

बिहीबार परराष्ट्र, अर्थ, गृह, ऊर्जा र भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयका सहसचिव सहभागी संयुक्त परियोजना व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा नेपाल र भारतबीच निर्माणाधीन परियोजना कार्यान्वयनको प्रगति तथा विगतमा भएका तर कार्यान्वयन हुन बाँकी सम्झौताबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्