Logo
Logo

चीन अमेरिका व्यापार युद्धले १ हजार अर्ब डलर सेयर मूल्य गुम्यो


- दृष्टि न्युज/संवाददाता


चीन र अमेरिका विचको व्यापार युद्धले बैशाख ३० गते एक दिन मै विश्व भरीको शेयर वजारवाट १ हजार अर्ब डलर गुमेको छ ।

यो भनेको दोश्रो विश्व युद्धमा १५ वटा देशले खर्च गरेको रकम भन्दा अलि कम मात्र हो । दोश्रो विश्व युद्धमा अमेरिका, वेलायत, जापान, जर्मनी, फ्रान्स, इटाली, चीन, लगायत १५ देशहरुले खर्च गरेको कूल रकम १२९९ अर्ब डलर थियो भनिन्छ । अहिले एकै दिनमा चीन अमेरिका विचको व्यापार युद्धको परिणाम स्वरुप १००० अर्ब डलर विश्व शेयर वजारवाट नष्ट भएकोछ ।

यसको अर्थ हो अहिले चीन अमेरिका विच चलिरहेको व्यापार युद्धले दोश्रो विश्व युद्ध जस्तै गम्भीर आर्थिक क्षति भैरहेकोछ ।

यस तथ्यले अमेरिका चीनका विच चलिरहेको व्यापार युद्ध नयाँ खालको विश्वयुद्ध नै हो भन्ने पुष्टि गर्दछ ।

 

अमेरिकाले वैशाख २७ गते २०० अर्ब डलर वरावरको चिनिया सामानमा २५ प्रतिशत भंसार लगाउने घोषणा गरेको थियो । त्यसको जवाफमा चीनले वैशाख ३१ गते अमेरिकावाट चीन आयात हुने ६० अर्ब डलर वरावरको अमेरिकी सामानमा २५ प्रतिशत भंसार लगाउने घोषणा गरेको थियो । यसैको प्रभाव स्वरुप विश्व शेयर वजारवाट १००० अर्ब डलर वरावरको रकम नष्ट भयो ।

अमेरिकाले पुनः ३०० अर्ब डलर वरावरका चिनियाँ सामानहरुमा भंसार वढाउने चेतावनी दिएको छ ।

यस व्यापार युद्ध अमेरिकी पूँजीवादी अर्थतन्त्र र चिनियाँ पूँजीवादी अर्थतन्त्रका विचको प्रतिस्पर्धा र संघर्षको परिणाम हो ।

फौजी तरिकाले लडिने विश्वयुद्ध आणविक अश्त्रको कारणले रोकिएको छ । आणविक अश्त्र भएकोले यो प्रयोग गर्दा दुबै देश ध्वस्त हुने भएकोले पहिले जस्तो फौजी विश्वयुद्ध नभएको हो । तर अहिलेको पूँजीवादी अर्थराजनीतिको परिणाम स्वरुप व्यापार युद्ध तथा सीमित स्थानियकृत युद्धहरु विश्वभरि नै भइरहेकोछ ।

यस्तो व्यापार युद्धले विश्वयुद्ध कै जस्तो स्वरुप लिएर ठुलो आर्थिक क्षति गरिरहेकोछ ।

रवीन्द्र श्रेष्ठ

याे पनि हेर्नुहाेस्

अमेरिका चीन व्यापार युद्ध अर्थात नयाँ खाले तेश्राे विश्वयुद्ध

https://www.drishtinews.com/archives/12222

 

प्रतिक्रिया दिनुहोस्