Logo
Logo

आज बुद्ध जयन्ती, किरात समुदाय उभौली मनाउँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ४ जेठ ।

वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती। देशभर विविध कार्यक्रम आयोजना गरी २५६३ औँ बुद्ध जयन्ती मनाइँदैछ। गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति भएको त्रिसंयोग परेको दिनको रूपमा यसको महत्त्व छ।

उनी ईसा पूर्व ५६३ पहिले कपिलवस्तुमा जन्मिएका थिए, राजा शुद्धोधन र मायादेवीको कोखबाट । अतः यहाँ गौतम बुद्धको केही अनमोल वचन प्रस्तुत गरिएको छ, जसले तपाईंको सोंच बदल्न सक्छ ।

बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना भएको भने देशभरका बौद्ध गुम्बाहरुमा पनि बिहानैबाट बौद्धधर्माबलम्बी पुगेका छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म आजकै दिन अर्थात वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो ।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए ।

घर छाडेर तपस्यामा गरेका उनले ६ वर्षको ३५ वर्षको उमेरमा आजै दिन इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा विश्वमा परिचित बने । उनले शुरुमा आफूले प्राप्त गरेको ज्ञान पाँच जना शिष्यलाई प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्