Logo
Logo

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खस्यो, ५ जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ५ जेठ ।

झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा कम्तिमा ५ जनाको मृत्यु भएको छ ।

ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना भएको गजुरी प्रहरीले जनाएको छ । बस सडकबाट त्रिशुली नदीमा खसेको छ ।

सो दुर्घटनामा परी तीन जनाको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । उद्धार कार्य भैरहेकाले यसको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्