Logo
Logo

महेश आचार्यद्वारा कांग्रेसको उपसभापति पदमा उम्मेदवारी घोषणा



काठमाडौं । पार्टीको आसन्न १४औँ महाधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले उपसभापति पदमा उठ्ने घोषणा गरेका छन् । शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफू उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेसको विधान, नीति र प्रशिक्षणको नेतृत्व गर्न आफू उपसभापतिमा उठ्न लागेको उनको भनाइ छ । पार्टी वैचारिक र सैद्धान्तिक छलफल हुन छाडेको उनले बताए । ‘पार्टीमा प्रदूषित निर्वाचन प्रणाली मात्र हावी भयो, सैद्धान्तिक–वैचारिक छलफल हुन छाड्यो’ उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्