Logo
Logo

चुनावमा कांग्रेसका उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै त्रिवि उपकुलपति खनियाँमाथि उजुरी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ५ जेठ ।

निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँविरुद्ध पनि उजुरी परेको छ ।

कांग्रेसको महासमिति सदस्यसमेत रहेका खनियाँ गत संसदीय निर्वाचनमा उम्मेदवार बन्न चितवनबाट सिफारिसको सूचीमा परेका थिए । तर, उनले टिकट पाएनन् ।

कांग्रेसका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको भन्दै उनीविरुद्ध यसअघि नै उजुरी परेको थियो ।

उजुरी परेपछि खनियाँसँग स्पष्टीकरण सोध्ने तयारी तत्कालीन समितिले गरेको थियो । तर, समिति काम नै अघि नबढाई निष्क्रिय हुन पुग्यो । अहिले बनेको अनुशासन समितिले पहिलेका उजुरीको फाइल पनि खोल्न थालेको छ । उनीविरुद्ध परेको उजुरीमा छानबिन हुने, आवश्यक परे पत्र काट्ने र पुष्टि भए कारबाही गर्ने कांग्रेस अनुशासन समितिले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्