Logo
Logo
राप्रपाको महाधिवेशन

३१ सय मत खस्यो, अझै १५ सय बाँकी



काठमाडौं । काठमाडौंमा जारी राप्रपाको महाधिवेशनमा तीन हजार एक सय हजार मत खसेको छ ।

निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार शनिबार साँझ ७ बजेसम्म तीन हजार एक सय मत खसेको हो । अझै १५ सय मत खस्न बाँकी छ । उनका अनुसार सबै मतदान सकिन अझै कम्तिमा पनि ६ घण्टा लाग्ने देखिएको छ ।

पार्टी एकतापछि राप्रपाको यो पहिलो अधिवेशन हो । यही महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलको प्यानल चुनावी मैदानमा छ ।

राप्रपाको निर्वाचनमा २६४ जना उम्मेदवार रहेका छन् भने नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन दौडमा रहेका छन् । नेतृत्वका दुबै दावेदारले प्यानलसहित चुनावमा भाग लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्