Logo
Logo

राप्रपाको मतदान लम्बियो



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको मतदान प्रक्रिया लम्बिएको छ ।

नेता सुन्दर पाण्डेका अनुसार देशभरबाट छनोट भएका चार हजारभन्दा बढी प्रतिनिधिले साँझ ५ बजेसम्म निर्धारण गरिएको समयमा मतदान नसक्ने भएपछि रातिसम्म समय थप गरी प्रक्रिया टुङ्ग्याउने व्यवस्था भएको छ ।

विद्युतीय मतदान प्रक्रियाप्रति मतदाताले राम्ररी जानकारी प्राप्त नगरेकाले पनि समय धेरै लागेको छ । उनका अनुसार सबै मतदान सकिन अझै कम्तिमा पनि ६ घण्टा लाग्ने देखिएको छ ।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि कुल मतदाता ४ हजार ४६९ रहेका छन् । यसअघि संख्या धेरै भएपनि दावी विरोधपछि निर्वाचन समितिले मतदानको अधिकार पाउने मतदाताको संख्या घटाएको थियो ।

राप्रपाको निर्वाचन प्रक्रियामा २६४ उम्मेदवार रहेका छन् भने नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन चुनावी दौडमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्