Logo
Logo
राप्रपाको एकता महाधिवेशन

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी



काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । आइतबार (आज) बिहान सम्पन्न भएको मतगणनाअनुसार लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याएएरअध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका हुन् । थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका छन् । लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए । चार सय १३ मत भने बदर भएको थियो । थापाले पराजय स्वीकार गर्ने बताए । आज बिहान ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जितेकोमा बधाई समेत दिएका छन् ।

प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना। प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु,’ थापाले भनेका छन् ।

थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको पनि आरोप लगाएका छन् । ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ उनले भनेका छन्, ‘मैले राहत र उन्मुक्ति पाएको छु।’

प्रतिक्रिया दिनुहोस्