Logo
Logo

‘हिन्दुवादी’ पार्टीमा तीन जना मुस्लिम समुदायबाट केन्द्रीय सदस्य निर्वाचित



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजसंस्था तथा हिन्दु राष्ट्रको माग गर्ने पार्टी हो । हिन्दु राष्ट्रको माग गर्दै आएको राप्रपाको केन्द्रीय नेतृत्वमा तीन जना मुस्लिम समुदायका सदस्य विजयी भएका छन् ।

राप्रपाको मुस्लिम खुल्लाबाट मदिना खातुन १ हजार ७५४, ताहिर अलि १ हजार ५४० र अन्जरा आलम १ हजार २३२ मत सहित केन्द्रीय सदस्यमा बिजयी भएका छन् ।

आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार यि तीन जनाले बिजयी हुदै गर्दा अन्य पाँच जना मुस्लिम उम्मेदवार भने परकाजित हुन परेको छ ।

जसअनुसार इर्साद आलम मिया (११९३), सलाउदिन जसगढ (१०५६), हसबुल मिया (६९९), कनिज फातिमा रंगरेज (४५४) र शेख मतिउर रहमान (३९९) मतमा सिमित हुनु परेको थियो । यि पाँचै जना उम्मेदवार पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्