Logo
Logo

कांग्रेस सुदूरपश्चिम प्रदेशमा बलायरको प्यानल विजयी



सुर्खेत । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बिरबहादुर बलायर विजयी भएका छन् । बलायरको प्यानल नै विजयी भएको हो ।

बलायर प्यानलबाट उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका कुमारी चलाउने पनि विजयी भएका छन् ।

बलायर नेतृत्वको प्यानल विजयी भएसँगै उनका प्रतिस्पर्धी नारायणदत्त मिश्रले हार स्वीकार गर्दै मतदातालाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमार्फत मिश्रले मतदातालाई धन्यवाद दिँदै विजयी सबैलाई बधाई दिएका छन् ।

यसअघि देउवानजिक मानिएका मिश्रले सुदूरपश्चिम प्रदेश कार्यसमितिका लागि भने इतरपक्षबाट सभापतिमा उम्मेदवारी दिएका थिए । प्यानलसहित उम्मेदवारी दिएका मिश्र पक्षका सबै पदाधिकारी पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्