Logo
Logo

‘थुक्क यो राजेन्द्र मोरा पनि उस्तै चोर रहेछ भन्ने काम गर्दिनँ’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना पार्टीका नेता–कार्यकर्तामो शिर झुक्न नदिने बताएका छन् ।

आइतबार पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभामा बोल्दै नवनिर्वाचित अध्यक्ष लिङ्देनले ‘थुक्क यो राजेन्द्र मोरा पनि उस्तै चोर रहेछ भन्ने काम’ नगर्ने प्रतिबद्धता गरे ।

उनले भने, ‘मैले गाउँ घरतिर भोट माग्दा भन्थो, थुक्क यो राजेन्द्र मोरा पनि उस्तै चोर रहेछ, भन्ने काम म गर्न दिने छैन । भन्ने मौका दिने छैन भनेको थिएँ । आज राप्रपाका तमाम देशभरका महाधिवेशन प्रतिनिधि साथीहरुलाई, नेता, कार्यकर्ता साथीहरुलाई पनि भन्न चाहन्छु, यो पनि उस्तै रहेछ भन्ने मौका म दिन्नँ । तपाईंहरुको शिर झुक्ने काम गर्दिनँ ।’

उनले पार्टीभित्र गुटहरू नहुने दाबी गरे । आइतबार पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभामा बोल्दै नवनिर्वाचित अध्यक्ष लिङ्देनले भने, ‘ आजबाट कुनै गुट छैन राष्ट्रिय प्रजातन्त्र पार्टीमा । कोही कसैको मान्छे छैन, सबै राप्रपाको मान्छे भएका छन् ।’

उनले पार्टीलाई विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट आफूलाई नरहेको भन्दै पार्टीलाई मात्र नभइ पार्टीका मुद्दालाई जोड दिने बताए । उनले बाध्यकारी कदमको रुपमा नेतृत्व परिवर्तन गर्नुपरेको भन्दै अब राप्रपामा गुटहरु नहुने समेत दाबी गरे । ‘अब पार्टीका नेता, कार्यकर्ताले कोही एक व्यक्तिको नामबाट नभई राप्रपाको कार्यकर्ता भएर भोट माग्न जान पाउने बताए,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्