Logo
Logo

प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा



काठमाडौं । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) निर्वाचित भएका छन् । गोविन्द रोका (सचिन)ले अध्यक्षका दाबेदार छाडेपछि सापकोटाको नाममा सहमति भएको हो । सापकोटा प्रचण्डका पूर्वप्रेस सल्लाहकार हुन् ।

चितवनमा शनिबार र आइतबार भएको राष्ट्रिय महाधिवेशनले अध्यक्ष र पदाधिकारीबिनै १८४ जना केन्द्रीय सदस्यको नाम चयन गरेको थियो ।

अध्यक्ष निर्वाचित भएपनि उपाध्यक्ष लगायतका पदाधिकारीहरु भने टुंगो लागेको छैन । बाँकी पदाधिकारी सोही १८४ जनाको समितिले चयन गर्ने छ ।

महाधिवेशनले ८ मनोनितसहित १९९ सदस्यीय केन्द्रीय सदस्य चयन गर्नुपर्ने थियो । तर, १८४ केन्द्रीय सदस्यको नाम मात्रै घोषणा भएको छ । त्‍यसअघि महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको थियो ।

प्रेस सेन्टरमा अध्यक्ष एक, महिला उपाध्यक्ष एक, समावेशी उपाध्यक्ष एक, खुला उपाध्यक्ष ११, महासचिव एक, उपमहासचिव पाँच, सचिव खुला ६, महिला सचिव दुई, आदिवासी दुई, मधेसी दुई, दलित दुई, अल्पसंख्यक दुई, कर्णाली एक र कोषाध्यक्ष एकजना रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्