Logo
Logo

अमरसिंह पुन लुम्बिनीको कांग्रेस सभापतिमा विजयी



काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् । भरत शाहलाई पराजित गर्दै पुन सभापतिमा विजयी भएका हुन् । पुनले ८५२ मत ल्याएका थिए भने शाहले ७६७ मत ल्याए ।

उपसभापतिमा भने संस्थापन पक्षका राजु खनाल विजयी भएका छन् । पुन समूहबाट उपसभापतिमा भुवन श्रेष्ठ, महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा निमा गिरी, बिष्णु खनाल र खगराज पाण्डे विजयी भएका छन् ।

१४औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा कुल १ हजार ६३१ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्