Logo
Logo

कांग्रेसका नाममा बिचौलिया आतंक



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ गते काठमाडौंमा हुँदैछ । कांग्रेसको महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । देउवाइतर पक्षबाट बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिदेखि डा. शेखर कोइराला, प्रकाशमान सिंह, डा. सशांक कोइराला, गोपालमान श्रेष्ठ र कल्याण गुरुङसम्मले उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशनको मौका छोपेर बिचौलियाहरुले महाधिवेशनलाई कमाइको माध्यम बनाएका छन् ।

कांग्रेसको महाधिवेशनका लागि भन्दै ब्यापारीसँग चन्दा माग्ने समूह सक्रिय भएको छ । प्रधानमन्त्री देउवाकै साला भूषण राणालाई अगाडि सारेर महाधिवेशनको बहानामा असुली गर्न तारा सापकोटा सक्रिय छन् । उनले भूषण राणाको नाममा ब्यापारी, कर्मचारी र प्रहरीका हाकिमसँग करोडौं असुली गर्ने डिजाइन बनाएका छन् ।

तारा सापकोटा

प्रधानमन्त्री देउवा पक्षलाई जिताउनका लागि भन्दै नेपाल सरकारका विकासे मन्त्रालय, विभाग, आयोजना प्रमुख र ब्यापारीहरुसँग चन्दा मागेर आंतक फैलाएको छ । प्रधानमन्त्री देउवाका साला भूषण राणाको नाम लिएर सापकोटाले मन्त्रालयका सचिव, सहसचिव, विभागका महानिर्देशक, सहरी विकास मन्त्रालय अन्तर्गतका आयोजना प्रमुख र ठेकेदारहरुसँग करोडौं चन्दा माग्ने गरेका छन्् । देउवालाई जिताउनका लागि भूषण राजा लाग्नुभएको छ, तपाईले यति सहयोग गर्नुप¥यो भन्दै रकम तोकेरै सापकोटाले ब्यापारीलाई पनि थर्काउने गरेको सूचना दृष्टिलाई प्राप्त भएको छ ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक प्रेम भट्टराईसँग उजुरी परेका ब्यापारी र उच्चपदस्थ सरकारी कर्मचारी, प्रहरीका अधिकारीको सूची मागेर त्यो सूची हेर्दै सापकोटाले कांग्रेसको नाममा चन्दा आतंक मच्चाएको स्रोतले बताएको छ । महानिर्देशक भट्टराईले अनुसन्धानका क्रममा रहेका उजुरी समेत ब्यक्तिको गोपनीयताको हक हनन गर्दै सापकोटालाई उपलब्ध गराएको बुझिएको छ ।

कांग्रेसको नाममा बिचौलियाले चन्दा आतंक मच्चाएको गुनासो प्रधानमन्त्री देउवासम्म पुगेपछि उनले भूषण राणासँग तारा सापकोटाका बारेमा सोधीखोजी गरी त्यस्तो काम बन्द गर्न निर्देशन दिएको बालुवाटार स्रोतले बताएको छ । देउवाले साला भूषणसँग तारा सापकोटा भन्ने को हो, त्यसले ब्यापारीदेखि डीजी, सचिवलाई महाधिवेशनको नाममा पैसा मागेर हैरान पारिसक्यो रे, त्यो काम बन्द गर्नु्स् भन्दै भूषणलाई एक साताअघि बालुवाटार बोलाएर हप्काएर पठाएका स्रोतले बताएको छ ।

कांग्रेससँग सरोकार नै नभएका सापकोटा भूषण राणाका पनि बिचौलिया हुन् । भूषण राणालाई उनले आफ्नो मुट्ठीमा कैद गरेका छन् । उनको नाममा ब्यापारी र कर्मचारी थर्काउने र रकम मागेर केही हिस्सा राणालाई दिन कहिले पार्कभिलेज, कहिले रोयल सिंगी त कहिले जाउलाखेलको होटलमा बोलाउने गरेका छन् । सापकोटाका अगाडि राणा निरीह छन् । राणालाई होटलमा सबै कुरा उपलब्ध गराउने र त्यसको आपत्तिजनक भिडियो देखाउँदै ब्ल्याकमेलिङ गर्दै आएका छन् ।

गिरीबन्धु टी स्टेटको हदबन्दीको जग्गा फुकुवा गर्न लामो समयदेखि लागेका तारा सापकोटा केपी शर्मा ओलीका भित्रिया भए । एक ब्यापारीलाई अर्बौै लगानी गर्न लगाएर गिरीबन्धुमा फसाएका सापकोटाले ओलीसँग सेटिङ गरी गिरीबन्धुको हदबन्दीको जग्गा सट्टापट्टा गर्न भूमि ऐन नै संशोधन गर्न लगाएका थिए । ओली प्रधानमन्त्री हुँदा हदबन्दी फुकुवा गर्र्ने गरी ऐन संशोधन गरी नीतिगत भ्रष्टाचार गरिएको थियो । वर्तमान भूमिब्यवस्था मन्त्री शशी श्रेष्ठले हदबन्दीको जग्गा फुकुवा हुन नदिने प्रतिबद्धता प्रकट गरिसकेकी छन् ।

इलामबाट खाली खुट्टा २०५५ तिर काठमाडौं आएका सापकोटा ब्यवसायी पनि होइनन्, जागिर पनि छैन । तर उनीसँग आज अरबौंको सम्पत्ति छ । बानेश्वरमा ३ रोपनी भन्दा बढी जग्गा, २ वटा घर भएका सापकोटाको मूख्य पेशा नै बिचौलिया हो ।

प्रतिक्रिया दिनुहोस्