एमसीसीविरुद्ध २८ मंसिरमा संसद भवन घेराउ गर्ने तयारी « Drishti News – Nepalese News Portal
Logo

एमसीसीविरुद्ध २८ मंसिरमा संसद भवन घेराउ गर्ने तयारी


दृष्टि संवाददाता


काठमाडौं । ६ दलीय गठबन्धन र दुई मोर्चा संगठनले २८ मंसिरमा संसद भवन घेराउ गर्ने भएको छ । बुधबार राजधानीमा बसेको ६ गठबन्धन बैठकले एमसीसीको विरोधमा संसद भवन घेराउ गर्ने निर्णय गरेको हो ।

नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलका अनुसार २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने र मंसिर २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ कार्यक्रम तय भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन् । सो बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव जानसक्ने चर्चाबीच ६ दलीय मोर्चाले विरोध जनाउँदै संसद भवन घेराउ गर्ने तयारी गरेको हो ।

६ दलीय मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका दल तथा मोर्चा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्