Logo
Logo

मोदी दोहोरिने ‘एक्जिट पोल’को भविष्यवाणी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ जेठ ।

भारतमा १७ औं लोकसभा चुनावअन्तर्गत आइतबार सातौं अर्थात अन्तिम चरणको मतदान सकिएको छ । मतदान पूरा भएलगत्तै सार्वजनिक भएका आधा दर्जन मत सर्वेक्षण (एग्जिट पोल) का नतिजाले भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) कै सत्ता निरन्तर रहने प्रक्षेपण गरेको छ ।

भारतमा ११ अप्रिलदेखि १९ मेसम्म सात चरणमा मतदान भएको थियो । चुनाव सकिए लगत्तै भारतीय संचारमाध्यम र विभिन्न एजेन्सीहरूले नतिजाको भविष्यवाणी गरेका छन् । उक्त भविष्यवाणीलाई एक्जिट पोलु भन्ने गरिन्छ ।

सर्वेक्षणहरुले लोकसभा चुनावमा एनडीएले २ सय ८० देखि ३ सय सिट जित्ने अनुमान गरेका छन् । ५ सय ४३ सदस्यीय तल्लो सदन लोकसभामा बहुमतका लागि २ सय ७२ सिट भए पुग्छ ।

सर्वेक्षणहरुको नतिजालाई आधार मान्ने हो भने नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित देखिन्छ । भारतमा ५ सय ४२ सिटमा मतदान भएको हो । २०१४ सालमा भएको निर्वाचनमा बीजेपीले २८२ सीट जितेको थियो भने कांग्रेसले जम्मा ४४ सिट जितेको थियो । २०१९ सालको निर्वाचनमा पनि कांग्रेसले नराम्रोसँग हार बेहोर्नुपर्ने भविष्यवाणी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्